(१) यस ऐन बमोजिम अध्यागमन अधिकृतले कुनै विदेशीको हकमाअपराधको तहकिकात पूरा गरी महा–निर्देशक समक्ष प्रतिवेदन पेश गरेपछि सो प्रतिवेदनकोआधारमा महा–निर्देशकले तोकिए बमोजिम नियमित गर्नु पर्ने कुराहरुको हकमा नियमित गरीत्यस्तो विदेशीलाई श्री नेपाल सरकारको स्वीकृति लिई अवधि तोकि वा नतोकि पुन नेपाल
………… मा प्रवेश गर्न नपाउने गरी नेपाल ………. बाट निष्काशन गर्न सक्नेछ ।
(१क) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा प्रचलित कानून विपरीत कार्य गरेवापत दण्ड सजाय भोगिसकेका भिसा लिनु पर्ने अवस्थाका विदेशीलाई महा–निर्देशकले श्रीनेपाल सरकारको स्वीकृति लिई अवधि तोकी वा नतोकी नेपाल ………. बाट निष्काशन गर्नेआदेश जारी गर्न सक्नेछ ।
(२) उपदफा (१) र (१क) बमोजिम निष्काशन गरिएको विदेशीले निष्काशन गरिएकोअवधिसम्म नेपाल ……….. भित्र पुन प्रवेश गर्न पाउने छैन ।
(३) निष्काशन सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।